Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पूर्वगृहमन्त्री बालकृष्ण खाँण ७ महिनापछि थुनामुक्त

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी पूर्वगृहमन्त्री बालकृष्ण खाँण ७ महिनापछि थुनामुक्त भएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट साधारण तारेखमा छाड्ने निर्णय भएपछि खाँण थुनामुक्त भएका हुन् ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगेको आरोपमा प्रहरीले खाँणलाई २७ वैशाखमा पक्राउ गरेको थियो ।

उच्च अदालत पाटनले खाँणलाई ३० लाख धरौटीमा छाड्न आदेश गरेको थियो । न्यायाधीश जनक पाण्डेले खाँणलाई ३० लाखमा छाड्न आदेश गर्दा उनीसँग न्यायाधीश प्रकाश खरेल असहमत भएका थिए ।

बिहीबार न्यायाधीश कृष्णराम कोइरालाले खाँणलाई ३० लाखमा छाड्न सहमत भएसँगै उनको रिहाइ प्रक्रिया सुरु गरिएको थियो ।

जिल्ला अदालत काठमाडौँमा धरौटी रकम बुझाएपछि उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइएको थियो ।

सम्पत्ति शुद्धीकरण विभागले उनीसँग १५ लाख धरौटी लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077