Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • काठमाडौंका यी स्थानमा आज विद्युत् आपूर्ति बन्द हुने

    काठमाडौंका यी स्थानमा आज विद्युत् आपूर्ति बन्द हुने

    अनलाइन नेपाल
  • शनिबार, ३० मंसिर २०८०
  • 609
    SHARES

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले शनिबार ९आज० बिहान काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ ।

    प्राधिकरणका अनुसार टेकुस्थित सबस्टेसनमा नयाँ ४५ एमभीए क्षमताको ट्रान्सफर्मर स्तरोन्नति गर्न लागिएकाले काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द हुन लागेको हो ।



    उक्त सबस्टेसनबाट विद्युत् सेवा आपूर्ति हुने स्वास्थ्य सेवा विभाग परिसर, भीमसेनस्थान, रामघाट, मरुहिटी, ढोकाटोल, क्षेत्रपाटी चोक, ढल्को, ब्रम्हटोल, जैसीदेवल चोकसम्म विद्युत् आपूर्ति बन्द हुने जनाइएको छ ।



    ज्याबहाल, चिकुमंगल, झोसे, ओमबहाल, भोटेबहाल, यंगाल, लगन, महाबौध्द, भोटाहिटी, असन, बांगेमुढा, इन्द्रचोक, सुन्धारा, सेन्ट्रल जेल, रंगशाला अगाडि, न्यूरोड, बसन्तपुर दरबार स्क्वायर, रविभवन, सोल्टीमोड, सुनारगाउँ, आर्मी हस्पिटल, नख्खु चोक, बागडोल, धोबिधारा, मलपोखरी, धोबिघाटलगायतका क्षेत्रमा विद्युत् कटौती हुने प्राधिकरणले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार