Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

धरानबाट पक्राउ परेका पाँच आन्दोलनकारी छुटे

सुनसरी । सुनसरीको धरानबाट शनिबार बिहान पक्राउ परेका पाँच आन्दोलनकारी रिहा भएका छन् ।

दिनभरि इलाका प्रहरी कार्यालयको हिरासतमा बसेका पहिचान पक्षधर कार्यकर्ता सुमन चेम्जोङ, करुण राई, सम्भु राई पृथक, सिताराम राई र हरि बान्तावालाई प्रहरीले साँझ रिहा गरेको हो ।

कोशी प्रदेश खारेजीको माग गर्दै सवारी बन्द गराउँदै हिँडेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो । यस्तै बन्दको प्रभाव आंशिक रूपमा परेको देखिएको प्रहरीले जनाएको छ ।

नेकपा एमालेको सङ्कल्प यात्रा बिथोल्न खोजेको आरोपमा पक्राउ परेका कार्यकर्ता रिहाइको माग गर्दै पहिचानवादी आन्दोलनकारीले आह्वान गरेको बन्दले प्रदेशको पहाडी क्षेत्रको जनजीवन केही प्रभावित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077