Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सालकको खपेटासहित पेप्सीकोलाबाट तीन जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सालकको खपडासहित तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दोलखा गौरीशंकर गाउँपालिका-१का २० वर्षीय अमृत लामा, जिरी नगरपालिका-३का २५ वर्षीय विशाल बस्नेत र जिरी-४ का २७ वर्षीउ सुकविर तामाङ छन्।

उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौं महानगरपालिका-३२ पेप्सीकोलाबाट उनीहरुलाई सालकको खपडासहित पक्राउ गरेको हो ।

गत शुक्रबार पेप्सीकोलामा सालकको खपडा बेच्न केही व्यक्तिहरू हिँडिरहेको भन्ने सूचना प्रहरीले पाएको थियो।

उक्त सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले तीन जनालाई पक्राउ गरेको हो।

उनीहरूमाथि थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय हात्तिसार पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077