Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

थुनुवालाई छुटाई दिने भन्दै ५ लाख ठगी, एक जना पक्राउ

काठमाडौं । कारागारमा रहेको थुनुवालाई छुटाई दिने भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको हेलम्बु गाँउपालिका-२ घर भई हाल काठमाडौं महानगरपालिका-६ बौद्द बस्ने दावा दोर्जे लामा रहेका छन् ।

दोर्जेले जबरजस्ती करणीको मुद्धामा कारागारमा रहेको थुनुवालाई छुटाई दिने भन्दै ५ लाख ठगी गरेर फरार भएका थिए ।

दोर्जेलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले बौद्बबाट पक्राउ गरेको हो ।

पक्राउ परेका दोर्जेलाई थप कारवाहीको लागी जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077