Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भन्सार छलेर भारतबाट ल्याइएका कार नेपालमा सस्तोमा बिक्री गर्ने दुई जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली सवारी दर्ता प्रमाणपत्र भएका ५ वटा गाडीसहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेको तिमालका ४२ वर्षीय दिलबहादुर घिसिङ र सिन्धुपाल्चोकको चौताराका ३३ वर्षीय आयतसिंह तामाङ छन् ।

उनीहरुले नक्कली बिलबूक लगायतका कागजात बनाइ गाडी नेपाल भित्र्याउने र काठमाडौंमा बिक्री वितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ। उनीहरुको साथबाट बरामद भएका गाडीका सवारी दर्ता प्रमाणपत्र अनुसन्धानका क्रममा नक्कली भेटिएपछि प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले नेपाली बजारमा करिब ७५ लाख रुपैयाँ पर्ने चोरीका कार २१ लाख रुपैयाँमा बिक्री गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई क्रेटा, ब्रेजा र इलेक्टोनिक्स ५ वटा गाडीसहित पक्राउ गरेको छ । प्रहरीले दिलबहादुरलाई काठमाडौं महानरपालिका १३ कालिमाटीबाट पक्राउ गरेको थियो ।

उनको साथबाट प्रहरीले एनएमबि बैंकको सातौं तहको अधिकृतको छाप र यातायात व्यवस्था विभागको छापलगायत अन्य सरकारी छापहरू बरामद गरेको छ ।

उनीहरूले भारतबाट गाडीहरू चोरी गरेर नेपाल ल्याउने र त्यसलाई नक्कली ब्लुबूक बनाएर बिक्री गर्ने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077