Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

अन्डरवर्ल्ड डन दाउद इब्राहिम कराँचीको अस्पतालमा भर्ना

एजेन्सी । अन्डरवर्ल्ड डन दाउद इब्राहिम कराँचीको अस्पतालमा भर्ना भएका छन् ।

इब्राहिमलाई विष खुवाइएको आशंका गरिएको छ। तर, यसको आधिकारिक पुष्टि भने भइसकेको छैन । इब्राहिम २ दिनदेखि अस्पतालमा भर्ना छन् ।

उनलाई कडा सुरक्षामा राखिएको छ । अन्तराष्ट्रिय संञ्चार माध्यमका अनुसार अस्पतालमा दाउदलाई राखिएको भुइँमा अरु कुनै बिरामी छैन ।

मुम्बईमा रहेका दाउदका आफन्तहरूबाट जानकारी सङ्कलन गर्ने प्रयास भइरहेको छ। दाउद इब्राहिम भारतको मोस्ट वान्टेड आतंकवादी हुन् ।

गत वर्ष उनीमाथि पुरस्कार रकमको सूची जारी गरेको थियो। यसमा दाउदमाथि २५ लाख रुपैयाँ इनाम राखिएको छ । संयुक्त राष्ट्र संघले पनि दाउदलाई विश्वव्यापी आतंकवादी घोषणा गरेको छ ।

संयुक्त राष्ट्र सुरक्षा परिषद्ले सन् २००३ मा दाउद इब्राहिममाथि २५ मिलियन डलरको इनाम राखेको थियो । उनीविरुद्ध विभिन्न राष्ट्रिय एजेन्सीहरूले सम्पत्ति शुद्धीकरण मुद्दा र हतियार तस्करी मुद्दालगायत थुप्रै मुद्दा दायर गरेका छन्।

उनले सन् १९७० मा सिन्डिकेट डी-कम्पनी गठन गरेका थिए । दाउद इब्राहिममाथि सन् १९९३ मा मुम्बईमा बम विस्फोट गराएको आरोप पनि छ । यसमा २५७ जनाको ज्यान गएको थियो भने ७०० जना घाइते भएका थिए ।

उनीमाथि हत्या, जबरजस्ती असुली, टारगेट किलिङ, लागुऔषध ओसारपसारको आरोप पनि छ । उनी हाल पाकिस्तानको कराँचीमा बस्दै आएको बताइएको छ तर पाकिस्तान सरकारले यसलाई अस्वीकार गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077