Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • ३८ अंकले बढ्यो सेयर बजार परिसूचक नेप्से

    ३८ अंकले बढ्यो सेयर बजार परिसूचक नेप्से

    अनलाइन नेपाल
  • सोमबार, २ पुष २०८०
  • 537
    SHARES

    काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से ३८ अंक बढेको छ ।

    ३८ अंकको वृद्धिपछि नेप्से २०६० विन्दुमा कायम भएको छ । परिसूचकका अलवा कारोबार रकम पनि बढेको छ ।



    अघिल्लो दिन ५ अर्ब १५ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा सोमबार ६ अर्ब ८६ करोडको कारोबार भयो ।



    यो कारोबार रकम झण्डै एक वर्षयताकै उच्च हो । गत २६ पुस २०७९ मा ७ अर्ब २९ करोडको कारोबार भएको थियो ।

    सोमबार कुल १६५ कम्पनीको मूल्य बढ्दा ७२ को घट्यो भने ५ को स्थिर रह्यो ।

    अघिल्लो दिनसम्म हाइड्रोपावर समूहमा आकर्षण देखिएकोमा यस दिन माइक्रोफाइनान्स समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार