Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • औषधी व्यवस्था विभागले लगायो १० प्रकारका औषधी उत्पादनमा रोक

    औषधी व्यवस्था विभागले लगायो १० प्रकारका औषधी उत्पादनमा रोक

    अनलाइन नेपाल
  • मंगलबार, ३ पुष २०८०
  • 648
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । औषधी व्यवस्था विभागले नेपालमा प्रयोग भइरहेका १० प्रकारका औषधी उत्पादनमा रोक लगाएको छ ।

    विभागले एक सूचना जारी गर्दै प्राविधिक मूल्याङ्कनका आधारमा तत्कालका लागि नेपाली र भारतीय १० प्रकारका औषधी उत्पादनमा रोक लगाएको जानकारी गराएको हो ।



    विभागले लिनाग्लिप्टिन २.५ एमजी, लिनाग्लिप्टिन १० एमजी, रिभारोक्स्बान पाँच एमजी, एसिक्लोफेनाक २०० एमजी, एसिक्लोफेनाक ३०० एमजी उत्पादनमा रोक लगाएको हो ।



    यस्तै लिनाग्लिप्टिन २.५ एमजी, मेटफर्मिन ५०० एमजी र लिनाग्लिप्टिन २.५ एमजी, मेटफर्मिन ८५० एमजी तथा लिनाग्लिप्टिन पाँच एमजी, मेटफर्मिन ५०० एमजी र लिनाग्लिप्टिन पाँच एमजी र मेटफर्मिन ८५० एमजी उत्पादनमा रोक लगाएको हो । यी नेपाली कम्पनीबाट उत्पादित औषधी भएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार