Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • अब फार्मेसीमै औषधीको परीक्षण

    अब फार्मेसीमै औषधीको परीक्षण

    अनलाइन नेपाल
  • बिहिबार, १३ बैशाख २०८१
  • 531
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । औषधी पसलले बिक्री गरिरहेको औषधी सक्कली भए नभएको पत्ता लगाउन अनुगमन गरी परीक्षण गरिने भएको छ ।

    औषधी व्यवस्था विभागले त्यस्ता पसलमा मिनी ल्याब लगेर तत्काल औषधीको गुणस्तर पत्ता लगाउने छ । यसअघि औषधी व्यवस्था विभागले औषधीको नियमन र अनुगमन मात्र गर्दै आएको थियो ।



    औषधी पसलमै पुगेर औषधीको परीक्षण गरी सक्कली वा नक्कली भएको पुष्टि गर्न लागिएको यो पहिलो पटक हो । त्यसका लागि विभागले २३ जना कर्मचारीलाई तालिम प्रदान गरेको छ ।



    विभागका महानिर्देशक नारायणप्रसाद ढकालले भने, “बिक्री भइरहेका औषधी सक्कली वा नक्कली हो भन्ने पसलमै पत्ता लगाइने छ । नक्कली भएको पुष्टि भएमा तत्कालै कारबाही प्रक्रिया अगाडि बढाइने छ ।”

    यो नयाँ विधि होइन । भारत, बङ्गलादेशलगायतका मुलुकमा अभ्यास हुँदै आएको छ । मङ्गलबार वीर अस्पतालको फार्मेसीमा यसको परीक्षण गरिएको छ । उनका अनुसार परीक्षण गर्दा औषधीमा कुनै कैफियत फेला परेन ।

    “औषधीको मात्रा ठिक छ छैन, गलत औषधी दिइएको छ कि लगायत पनि परीक्षणका क्रममा अनुगमन गरिने छ,” उनले भने, “अहिलेलाई काठमाडौँबाट यसको सुरुवात गरिए पनि क्रमशः देशव्यापी बनाइने छ ।”

    नेपालमा नक्कली औषधीको बिगबिगी रहेको अनुमान विभागको छ । गोरखापत्रबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार