Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • शेयर बजारको उत्साह कायमै, ४५ अंकले बढ्यो नेप्से

    शेयर बजारको उत्साह कायमै, ४५ अंकले बढ्यो नेप्से

    अनलाइन नेपाल
  • मंगलबार, ३ पुष २०८०
  • 606
    SHARES

    काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्सेले २१ सय अंक नाघेको छ ।

    साउन १५ यता पहिलो पटक बजारले २१ सय अंक नाघेको हो ।मंगलबार नेप्से परिसूचक ४५.९८ अंकले बढेर २१०६.४८ बिन्दुमा अडिएको छ ।



    यसदिन बजारमा १ करोड ६४ लाख ५७ हजार १३८ कित्ता सेयरको खरिदबिक्री हुँदा ५ अर्ब ९८ करोड ४६ लाख ९९ हजार १७५ रुपैयाँको कारोबार भएको छ ।



    अघिल्लो दिन आइतबार मात्रै २७.७५ अंकले बढेको बजारमा ५ अर्ब १५ करोड ७८ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको थियो ।

    त्यस्तै, सोमबार ३८.१४ अंकले बढेको बजारमा ६ अर्ब ८६ करोड ८१ लाख ७७ हजार ५६५ रुपैयाँको कारोबार भएको थियो । यस साता नेप्से परिसूचकको उछाल निरन्तर रहेको छ ।

    आजको कारोबारमा ९ वटा कम्पनीको सेयरमा सकिर्ट लगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार