Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

गठबन्धन सरकार बनाउनु बाध्यता हो : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री समेत रहेका नेपाली कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले गठबन्धन सरकार बनाउनु बाध्यता भएको बताएका छन् ।

नेपाली कांग्रेस मकवानपुर प्रथम जिल्ला सम्मेलनलाई मंगलबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले कुनै पनि दलको बहुमत सम्भव नभएकाले गठबन्धनको सरकार बनाउनुपर्ने बाध्यता रहेको बताए ।

उनले कांग्रेसबाट सरकारमा सहभागी भएका आफू लगायतले राम्रो काम गरिरहेको दाबी गरे ।

देशको आम्दानी थोरै भएकाले देखिएको समस्या एकैपटक समाधान गर्न नसकेको भन्दै उनले इमान्दार प्रयास भने गरिरहेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077