Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • हात्तीको आक्रमणबाट झापामा फेरि एक जनाको मृत्यु

    हात्तीको आक्रमणबाट झापामा फेरि एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, ४ पुष २०८०
  • 762
    SHARES

    फाइल तस्विर

    झापा । जंगली हात्तीको आक्रमणबाट झापामा फेरि एक जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा हल्दीबारी गाउँपालिका-२ का अन्दाजी ५५ वर्षीय पाथल राजवंशी रहेका छन् ।



    राजवंशी हल्दिबारी २ नम्बर वडा कार्यालयका कार्यालय सहयोगीमा कार्य‌रत थिए। राजवंशी बुधबार बिहान घरबाट निस्किएका थिए ।



    घर नर्फकिएपछि परिवारका सदस्यले उनको खोजी गरेका थिए । उनको घर नजिकैको नालामा झारले छोपेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय झापा, डिभिजन वन कार्यालय झापाको टोली पुगेको प्रहरीले जनाएको छ ।

    गत मंसिरमा हल्दिबारी र दमकमा हात्तीको आक्रमणबाट दुईजनाको मृत्यु भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार