Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • झापामा फेरि जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

    झापामा फेरि जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, १७ चैत्र २०८०
  • 558
    SHARES

    फाइल फोटो

    झापा । झापामा फेरि जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा कमल गाउँपालिका-५ स्थित बाह्रकोठे निवासी ५८ वर्षीया खड्ग माया लिम्बु रहेकी छिन् ।



    एक्लै बस्दै आएकी अविवाहित माया छिमेकी पवित्रा बेघाको घरमा त्रिपालको छाना टाटीको बेरा भएको भुइँतले झुप्री कोठामा सुतिरहेको अवस्थामा शुक्रबार मध्यराती ११ः५०मा एउटा हात्ती आएको थियो ।



    भाग्ने क्रममा हात्तीले सुँडले मायालाई घिसारी दाहिने खुट्टाको घुँडादेखि मुनि चुटाई छेद विच्छेद गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । तीन दिनअघि मात्र जिल्लामा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार