Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

३५ अंकले बढ्यो सेयर बजार परिसूचक नेप्से

काठमाडौं । आज सेयर बजारको परिसूचक नेप्से ३५ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २१४१ अंकमा कायम भएको छ ।

नेप्सेसँगै कारोबार रकम पनि बढेको छ ।अघिल्लो दिन कुल ५ अर्ब ९८ करोड रुपैयाँको कारोबार भएकोमा यस दिन ७ अर्ब ९५ लाख रुपैयाँको कारोबार भयो ।

बुधबारको कारोबार रकम करिब १ वर्षयताकै उच्च हो । यसअघि २६ पुस २०७९ मा कुल ७ अर्ब २९ करोडको कारोबार भएको थियो ।

कुल १६१ कम्पनीको मूल्य बढ्दा ७८ को घट्यो भने ५ को स्थिर रह्यो । बैंकिङ ७, विकास बैंक ६, फाइनान्स १३, जलविद्युत् ४५, लगानी ५, जीवन बीमा २३१, उत्पादन ४००, माइक्रोफाइनान्स ३५, अन्य १५ र ब्यापार उपसमूह १७९ अंक बढे ।

निर्जीवन बीमा १० र होटल तथा पर्यटन समूह भने ११५ अंक घटे ।

यस दिन बोटलर्स नेपाल, हिमालयन डिस्टिलरी, फरवार्ड माइक्रोफाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर, लिबर्टी इनर्जी, युनाइटेड इदी मर्दी, बलेफी हाइड्रो, बीपी डब्लू लघुवित्त, नेपाल रिपब्लिक मिडिया, थ्रीस्टार हाइड्रोपावर, हाथवे इन्भेस्टमेन्ट, मिड सोलु हाइड्रोपावर, सोनापुर सिमेन्ट, मुक्तिनाथ कृषि कम्पनी र हिमालयन हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । सपोर्ट माइक्रोफाइनान्स र निफ्राको मूल्य ८ प्रतिशत बढ्यो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077