Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

चिसो बढेपछि कर्णालीका उच्च हिमाली भेगमा कार्यरत ५३ जना प्रहरी जिल्ला सारिए

वीरेन्द्रनगर । कर्णाली प्रदेशका उच्च हिमाली भेगमा रहेका प्रहरी इकाइमा कार्यरत प्रहरीहरुलाई जिल्ला प्रहरी कार्यालयमा सारिएको छ ।

हिमपातसँगै चिसो बढेपछि डोल्पा, हुम्ला र मुगुका उच्च भूभागमा रहेका प्रहरी इकाइमा कार्यरत प्रहरीहरुलाई अस्थायीरुपमा जिल्लामा सारिएको हो ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार ईलाका प्रहरी कार्यालय नाम्दो डोल्पा, ईलाका प्रहरी कार्यालय तिन्जे डोल्पा, प्रहरी चौकी भिजेर डोल्पा, प्रहरी चौकी धौ डोल्पा, अस्थायी प्रहरी पोष्ट टास्की डोल्पा, अस्थायी प्रहरी वेश राप डोल्पा, अस्थायी प्रहरी पोष्ट फोक्सुण्डो डोल्पा, ईलाका प्रहरी कार्यालय लिमि हुम्ला र ईलाका प्रहरी कार्यालय मुगुमा कार्यरत प्रहरीहरुलाई सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा कामकाजका लागि खटाइएको छ ।

हिमाली जिल्लाका उच्च भेगमा रहेका ९ वटा प्रहरी इकाइमा कार्यरत ५३ जना प्रहरीहरुलाई जिल्ला प्रहरी कार्यालयमा कामकाजका लागि खटाइएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

अहिले सारिएका प्रहरीहरु अब फागुन महिनामा मात्र हिमाली भेगका प्रहरी इकाइमा जानेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077