Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने दुई जना पक्राउ

काठमाडौं । नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा हेटौंडा उपमहानगर-१० घर भई काठमाडौंको बौद्ध बस्ने ३२ वर्षीय बुद्ध लामा र हुम्ला घर भई कपन बस्ने २६ वर्षीय कमलराज हमाल छन्।

बुद्ध एड्भिका टुर्स एण्ड ट्राभल्सका संचालक समेत हुन्। उनीसहित व्यक्तिहरूले विभिन्न ठाउँमा सेटिङ मिलाएर भिजिट भिसामा नेपालीहरूलाई विदेश पठाउने गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

असोज १७ गते देखि प्रहरीले १५१३ वटा शंकास्पद कागजातहरू बरामद भएका छन्। जसमध्ये २४६ कागजात नक्कली प्लस २ का सर्टिफिकेट, श्रम स्वीकृती, नाता प्रमाणित, प्रहरी रिपोर्ट र बैंक स्टेटमेन्ट लगायतहरू छन्।

यसरी विदेश पठाएबापत ट्राभल्स एजेन्सीहरूले एयरलाइन्लाई १० देखि १५ हजार रुपैयाँ सम्म र अध्यागमनका अधिकारीलाई ४० देखि ५५ हजार सम्म सेटिङ मिलाउने गरेको पाइएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077