Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

उच्च अदालतको आदेश - सीप बिल्डिङमा फेल भएकालाई पनि उत्पादन क्षेत्रमा फारम भर्न दिनू

काठमाडौं । उच्च अदालत पाटनले सीप बिल्डिङमा अनुत्तीर्ण भएकाहरूलाई उत्पादनमूलक क्षेत्रमा आवेदन भर्न दिन आदेश दिएको छ ।

बिहीबार न्यायाधीश राज्यलक्ष्मी शाह र रमेशराज शाहको संयुक्त इजलासले अन्तरिम आदेश जारी गर्दै उनीहरूले आवेदन फाराम भर्न दिन भनेको हो ।

सुरज पाठकसहित १८ जनाले अदालतमा मुद्दा दायर गरेका थिए । इपीएस कोरिया शाखा कार्यालयले उत्पादनमूलक क्षेत्रका लागि पुस २ गतेदेखि ६ गतेसम्मका लागि आवेदन आह्वान गरेको थियो।

त्यसमा यसै वर्ष सीप बिल्डिङका लागि आवेदन दिएर अनुत्तीर्ण भएकाहरूले आवेदन दिन नपाउने भनिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077