Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रहरीबाटै सम्मानित व्यक्ति मानवतस्करीमा पक्राउ

काठमाडौं । समाजसेवी भनेर प्रहरीबाट सम्मानित व्यक्ति मानवतस्करीमा पक्राउ परेका छन् ।

हेटौंडाका बुद्ध लामा मानवतस्करी अभियोगमा पक्राउ परेका हुन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले भिजिट भिसामा मानवतस्करी गरेको अभियोगमा उनलाई बिहीबार पक्राउ गरेको हो ।

लामाले एडभिका टुर्स एण्ड ट्राभल चलाउँदै आएका छन् । सोही ट्राभलबाट उनले मावनतस्करी गरेको प्रहरीले जनाएको छ ।

अध्यागमन कर्मचारीलाई सेटिङ मिलाएर भिजिट भिसामा मानव तस्करी गरेको पुष्टि भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

लामालाई प्रहरी दिवस २०७८ मा तत्कालिन प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सम्मानित गरेका थिए ।

प्रहरीलाई सहयोग गरेको आधारमा बागमती प्रदेशका तत्कालिन प्रहरी प्रमुख बसन्त लामाले उनलाई सम्मानका लागि सिफारिस गरेका थिए ।

प्रहरीसँग निकटताको आडमा मानवतस्करी लगायत अवैध गतिविधिमा उनी संलग्न रहेको अनुसन्धानमा खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077