Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

कोरियन भाषा परीक्षाका लागि १ लाख ४३ हजार जनाले भरे फारम

काठमाडौं । भाषा परीक्षा (इपीएस) का लागि यसपटक १ लाख ४३ हजार जना भन्दा बढीको आवेदन परेको छ ।

अन्तिम दिन शुक्रबार राति १२ बजेसम्म एक लाख ४३ हजार ८१२ जनाले भाषा परीक्षाका लागि आवेदन दिएका हुन् ।

पुस २ गतेदेखि इपिएसको लागि फारम खुला भएको थियो । अनलाइनबाट पनि आवेदन दिन सकिने व्यवस्था गरिएका कारण यसपालि अहिलेसम्मकै बढी आवेदन परेको वैदेशिक रोजगार विभागका इपिएस शाखाले जनाएको छ ।

अनलाइन प्रणालीबाट आवेदन दिन सकिने व्यवस्था तीन वर्ष अघिदेखि मात्रै सुरू भएको थियो।

गत साउनमा सञ्चालन भएको परीक्षामा अनुत्तीर्ण भएकाले समेत परीक्षा दिन पाउने हुँदा यसपालि परीक्षार्थीको संख्या १ लाख ७५ हजार हाराहारीमा पुग्ने दाबी गरिएको छ ।

दक्षिण कोरिया सरकारले सन् २०२४ मा नेपालबाट १५ हजार ८ सय ४८ नेपाली रोजगारीका लागि लैजानेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077