Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • लोकतान्त्रिक गणतन्त्रमाथि आँच आउन दिन्न : राष्ट्रपति पौडेल

    लोकतान्त्रिक गणतन्त्रमाथि आँच आउन दिन्न : राष्ट्रपति पौडेल

    अनलाइन नेपाल
  • शनिबार, ७ पुष २०८०
  • 411
    SHARES

    विराटनगर । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतान्त्रिक गणतन्त्रलाई आँच आउन नदिने प्रतिबद्धता जनाएका छन् ।

    मोरङको विराटनगरमा नेपाल उद्योग परिसंघ कोशी प्रदेशले शनिवार आयोजना गरेको पदस्थापना तथा प्रजातन्त्र सेनानीहरूको सम्मान कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।



    राष्ट्रपति पौडेलले आफू पदमा रहेसम्म संघीय लोकतान्त्रिक गणतन्त्रलाई कुनै पनि आँच आउन नदिने बताए ।



    राष्ट्रपति पौडेलले भने,‘मेरो तागतले भ्याएसम्म संघीय लोकतान्त्रिक गणतन्त्रलाई कुनै पनि आँच आउन नदिने प्रतिबद्धता गर्न चाहन्छु । संविधानले दिएको भूमिका निष्ठापूर्वक निभाउने छु ।’

    राष्ट्रपति पौडेलले सरकारले चालेका केही कदमले अर्थतन्त्रमा सकारात्मक प्रभाव परे पनि आर्थिक चलायमान भने नभएको उल्लेख गरे ।

    सरकारले अर्थतन्त्रका विषयमा चालेका कदम तथा नीतिहरूमा निजी क्षेत्र मजबुत अवस्थामा रहेको पनि उनले बताएका छन्।

    सरकारले स्वदेशमै सम्मानजनक रोजगारी सिर्जना गर्नुपर्ने उनको तर्क थियो । नेपालमै दक्ष जनशक्तिको उत्पादन गर्नका लागि राज्यले ध्यान दिनुपर्ने राष्ट्रपतिले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार