Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

कांग्रेसलाई बहुमत ल्याउन कसैले रोक्न सक्दैन, तर पार्टीभित्र एकता हुनुपर्‍यो : प्रकाशशरण महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाली कांग्रेस पार्टी भित्र एकता र सद्भावको आवश्यकता रहेको बताएका छन् ।

शनिबार बागमति प्रदेश कांग्रेस प्रथम सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महतले यस्तो बताएका हुन् । उनले बाहिर धेरै कुरा गर्ने, भित्र केही नगर्ने नेपाली कांग्रेसको समस्या भएको बताए ।

उनले भने, ‘पार्टी भित्र वडादेखि केन्द्रसम्म छलफल र बहस गर्ने त्यसपछि निष्कर्ष निकाल्ने पद्धति स्थापित गर्न जरुरी छ। निस्केको निष्कर्ष जनताको बीचमा प्रस्तुत हुन जरुरी छ।’

आन्तरिक निर्वाचनमा आमनिर्वाचनभन्दा चर्को रुपमा सहभागी हुने, नीतिगत विषयमा छलफल गर्नुपर्‍यो भने बैठकमै नआउने कांग्रेस पार्टीको समस्या भएको उनको भनाइ थियो।

'संगठनको नेतृत्वमा निर्वाचन भएर बसेका हुन् वा बाहिर रहेकाले एकअर्कालाई सहने, सम्मान गर्ने, एकअर्कालाई सुन्ने मानसिकता बनाउनुपर्छ। यो मानसिकता भयो भने नेपाली कांग्रेसलाई बहुमत ल्याउन कसैले रोक्न सक्दैन,' उनले भने ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077