Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

झापाको बेलडाँगी भुटानी शरणार्थी शिविरमा आगलागी

झापा । झापाको बेलडाँगी भुटानी शरणार्थी शिविरमा आगलागी भएको छ।

दमक नगरपालिका ३ स्थित बेलडाँगी भुटानी शरणार्थी शिविरमा आगलागी भएको हो । आगलागीबाट शिविरका तीन वटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बेलडाँगी शरणार्थी शिविर सेक्टर सी फो , छाप्रा नम्बर ५३५ बस्ने भीमबहादुर घिमिरेको बाँसको टाटी बेरा र टिनको छानो भएको घरमा विद्युतको तार चुहावट भई आगलागी भएको थियो।

आगलागीबाट तीन वटा घर, घरभित्र रहेका लत्ताकपडा, भाडावर्तन, अन्नपात, काठपातसमेत जलेर नष्ट हुँदा अन्दाजी पाँच लाख बराबरको क्षति भएको छ ।

शिविरमा लागेको आगो दमक नगरपालिकाको दमकल, प्रहरी र स्थानीयबासीको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077