Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एमाले अध्यक्ष ओलीले भने - संकल्प यात्रा अत्यन्तै उत्साहप्रद र सफल रह्यो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्धिका लागि संकल्प यात्रा’ उत्साहप्रद र सफल रहेको दाबी गरेका छन्।

आज पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले एमालेले मंसिर १४ देखि पुस १ सम्म गरेको सम्मृद्धिका लागि संकल्प यात्राले सम्मृद्धिको प्रयासलाई असाधारण बल दिएको बताए ।

उनले पछिल्लो नेपालको राजनीतिले अस्थिरता र निराशा जनतामा आइरहेको अवस्थामा यात्राले नैराश्य भावलाई चिर्ने काम गरेको पनि बताए । उनले यात्रा सांस्कृतिक जस्तो समेत बनेको भन्दै आफूहरु जहाँ जहाँ पुग्यो त्यहाँका संस्कृतिबारे जान्ने मौका मिलेको बताए ।

अध्यक्ष ओलीले भने,‘संकल्प यात्रा अत्यन्तै उत्साहप्रद र सफल रह्यो । जनताको चासो, साथ सहयोग, समर्थन र स्वागत जुन कोणबाट हेर्दा पनि सफल नै सफल रह्यो । लाखौं मानिस प्रत्यक्ष सरिक हुनुभयो।’

यात्राका क्रममा देखिएको उत्साहले पार्टीले लिएको उदेश्यलाई असाधारण ढंगले बल दिएको भन्दै उनले देशको विविधतामा ठुलो लुब्रिकेन्टस दिएको बताए।

राजनीतिलाई हिंसा र उत्तेजनातिर र हिंसापनि आतंककारी प्रवृत्तितिर लैजाने प्रयासलाई समेत यात्राले निस्तेज पारेको उनको भनाई छ।

जिम्मेवार राजनीतिक दलहरूले दह्रो खुट्टा टेकेर आफ्नो भिजन राख्नुपर्ने यात्राले देखाएको उनको दाबी छ। लोकतन्त्रप्रति जनता स्पष्ट रहेको उनको दाबी छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077