Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डलाई ओलीको प्रश्न - व्यापारी चिन्नु र वेथिति गर्नु एउटै कुरा हो ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एनसेल प्रकरणमा प्रधानमन्त्रीले असान्दर्भिक कुराहरु गरेर ध्यान अर्कोतिर मोड्न खोजेको बताएका छन्।

एमालेको संकल्प यात्राबारे जानकारी दिन पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।

अध्यक्ष ओलीले एनसेलको किन्ने व्यापारीसँग आफूले पनि चिनेको भन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को अभिव्यक्तिप्रति असन्तुष्टि जनाए ।

प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा जवाफ दिँदा एनसेलको शेयर खरिद गर्ने व्यवसायी सतिशलाल आचार्यसँग आफ्नो मात्र नभई कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीको समेत चिनजान रहेको बताएका थिए।

एमाले अध्यक्ष ओलीले भने, ‘तपाईँहरुको सरकारले यस्तो वेथिति गरेछ नि भन्दा त्यो बेथिति गर्‍यो भन्ने व्यापारीलाई केपी ओली पनि चिनेको छ नि भन्छन् । केपी ओलीले नेपालका ब्यापारी किन चिन्दैन ? चिन्छ नि त । व्यापारी चिन्नु र वेथिति गर्नु एउटै कुरा हो ?’

उनले एनसेल खरिद बिक्रीको प्रसंग उठाउँदै खर्बौंको सम्पत्ति अर्बौंमा किनबेच भइरहेको भन्दै आपत्ति जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077