Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

शरणार्थी नेता टेकनाथ रिजालले अदालतमा बुझाए १५ लाखको बैंक ग्यारेन्टी

काठमाडौँ । भुटानी शरणार्थी नेता टेकनाथ रिजालले आज काठमाडौं जिल्ला अदालतमा धरौटी रकम बुझाएका छन् ।

उच्च अदालत पाटनको आदेशानुसार काठमाडौं जिल्ला अदालतमा रिजालले १५ लाख रुपैयाँको बैंक ग्यारेन्टी बुझाएका हुन् ।

उनले धरौटी रकम बुझाए पनि सम्पत्ति शुद्धिकरण विभागमा वयान दिन नपाउँदा रिजाल छुटेका छैनन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा जेठ ४ गते पक्राउ परेका रिजाललाई मंसिर १५ गते उच्च अदालत पाटनले १५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा गर्न आदेश दिएको थियो ।

तर धरौटी बुझाउने रकम नहुँदा रिजाल आदेश जारी भएको २३ औं दिनसम्म पनि रिहा हुन सकेका थिएनन् । उच्च अदालत पाटनका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले मङ्सिर १५ मा तोकेको धरौटी रिजालले जिल्ला अदालतमा आज मात्रै बुझाएका हुन् ।

जिल्ला अदालतबाट विभागमा वयान दिन गए पनि आज कार्यालय बन्द भएकाले रिजाल रिहा हुन भएनन् । रिजाललाई अब पुस ११ गते विभागमा वयानका लागि उपस्थित गराइने छ । रिजालको अब विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077