Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पर्यटनमन्त्री किरातीलाई बर्खास्त गर्न माग गर्दै संसद भवन घेराउ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको बर्खास्तीको माग गर्दै संसद भवन घेराउ गरिएको छ।

सनातन धर्माम्बलम्वीहरुले आज गौशालादेखि विभिन्न नाराबाजी गर्दै पर्यटनमन्त्री किरातीको बर्खास्तीको माग राखेर संसद भवन घेराउ गरेका हुन् ।

उनीहरुले शंख फुक्दै मन्त्री किरातीको राजीनामा माग्दै प्रदर्शन गरेका छन्।उनीहरुले मन्त्री किराँती कसैको प्रवक्ता जस्तो बनेर दिएको अभिव्यक्तिको प्रदर्शनकारीले विरोध गरेका थिए ।

पर्यटनमन्त्री किरातीले क्रिश्चियन धर्म नमान्नेलाई जेल हाल्ने धम्की दिएका थिए ।  उनले एक कार्यक्रममा क्रिस्चियनलाई मान्दिन भन्नू संविधान मान्दिन भन्नू भएको बताउँदै विवादस्पद अभिव्यक्ति दिएका थिए ।

सोही अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा विभिन्न दलका शीर्ष नेतादेखि जनताले विरोध गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077