Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, एक गम्भीर घाइते

रोल्पा । रोल्पामा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार लु १ त ४९७० नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा सुनिलस्मृति गाउँपालिका– ७ तेवाङका २१ वर्षीय चालक तिलक विष्टको मृत्यु भएको हो ।

दुर्घटनामा लुङग्री गाउँपालिका– ४ सानो नम्जाका ४२ वर्षीय लिलामणि विष्ट गम्भीर घाइते छन् । घाइते विष्टलाई थप उपचारका लागि बुटवल लगिएको प्रहरीले जनाएको छ ।

खर बोकेर खुङ्ग्रीदेखि सानो नम्जातर्फ जाँदै गरेको उक्त ट्याक्टर तीव्र सुनिलस्मृति गाउँपालिका– ३ बर्जिवाङको भित्री सडकखण्डमा सोमबार राति दुर्घटनामा परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077