Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

हिन्दु विश्वविद्यालयको काम अगाडि बढाउन पर्यटनमन्त्री किरातीको निर्देशन

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पशुपति हिन्दु विश्वविद्यालय स्थापनाको काम द्रुत गतिमा अगाडि बढाउन निर्देशन दिएका छन् ।

पशुपति क्षेत्र विकास कोषका अध्यक्ष समेत रहेको पर्यटनमन्त्री किरातीले यस्तो निर्देशन दिएका हुन् ।

गत चैत्रमा गठित समितिको हालसम्मको प्रगति विवरण माग्दै मन्त्री किरातीले आफूले मन्त्रालयस्तरबाट गर्नु पर्ने समन्वय र पहल बारे सुझाउन समेत समितिलाई आग्रह गरे।

समितिका सदस्यले हाल अध्ययन, अनुसन्धानसँगै मस्यौदाको चरणमा रहेको बताएका छन् ।

पशुपति क्षेत्र विकास कोषका पूर्वकार्यकारी निर्देशक समेत रहेका समितिका सदस्य सचिव डा.घनश्याम खतिवडाले सरकारको सैद्धान्तिक निर्णयसँगै परिषद्बाट हुने नितिगत निर्णय सहज भएमा विश्व विद्यालय स्थापनाले गति लिने बताए ।

विश्व विद्यालयले खासगरी अध्ययन अनुसन्धानलाई प्राथमिकता दिने गरी प्रारम्भिक रूपरेखा बनाएको उनले बताए । यस विश्व विद्यालयमा नेपालका सबै धर्म शास्त्रहरूको अध्ययन अनुसन्धान गराइने समितिका सदस्य चेतनाथ गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077