Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रोज राणा मन्त्री भएपछि रमेश खरेलले भने - भेटन सेन्ट्रल जेल जाऊ भनेको त मन्त्री पो भएछ!

काठमाडौं। नेपाल प्रहरीका पूर्वडिआईजी रमेश खरेलले सरोज थापा (रोज राणा) मन्त्री भएपछि विरोध जनाएका छन्।

सामाजिक संञ्जाल फेसबुकमा स्टाटस लेख्दै पूर्वडिआईजी खरेलले रोज राणालाई भेटन सेन्ट्रल जेल जाऊ भनेको त उनि त मन्त्रि पो भएछन् भन्दै व्यंग्य गरेका हुन्।

पूर्वडिआईजी खरेलले लेखेका छन्,'मानव बेचबिखनमा मुद्दा चलाएर जेल चलान गरिएका सरोज थापा (रोज राणा)लाई भेटन सेन्ट्रल जेल जाऊ भनेको त उनि त मन्त्रि पो भएछन।'

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विवादित पृष्ठभूमि भएका नेपाली कांग्रेसका सांसद सरोजलाई उद्योग तथा यातायात मन्त्री बनाएका छन् ।

कांग्रेसबाट मन्त्री बनेका थापाको विगत विवादित छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077