Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • प्रधानमन्त्रीको अध्यक्षतामा शासकीय सुधार आयोग गठन गरिने

    प्रधानमन्त्रीको अध्यक्षतामा शासकीय सुधार आयोग गठन गरिने

    अनलाइन नेपाल
  • मंगलबार, १० पुष २०८०
  • 540
    SHARES

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले शासकीय सुधार आयोग गठन गर्न लागिएको बताएका छन् ।

    आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो जानकारी गराएका हुन् ।



    प्रधानमन्त्रीको अध्यक्षतामा नै तत्काल शासकीय सुधार आयोग गठन गरिन लागिएको उनले जानकारी दिए । शासकीय सुधार आयोग गठन गरिने र त्यसले दिएका सुझाव तत्काल कार्यान्वयनमा लगिने उनको भनाई छ ।



    ‘प्रशासनलगायत समग्र शासकीय पक्षमा सुधार गर्न प्रधानमन्त्रीकै अध्यक्षतामा तत्कालै शासकीय सुधार आयोग गठन गरिँदै छ । यस्ता आयोगहरूका अन्तिम प्रतिवेदन प्राप्त भएपछि मात्र कार्यान्वयनमा लैजाने परम्पराको अन्त्य गरी यसपटक समयबद्ध सुझाव तत्कालै कार्यान्वयनमा लैजाने र परिणाम दिने सरकारको तयारी छ’, प्रधानमन्त्री प्रचण्डले भने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार