Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बर्न्लेलाई हराउँदै लिभरपुल उक्लियो प्रिमियर लिगको शीर्ष स्थानमा

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा बर्न्लेलाई हराउँदै लिभरपुल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

मंगलबार राति बर्न्लेको मैदानमा भएको खेलमा लिभरपुललाई विजयी गराउन डार्विन नुनेज र डिएगो योटाले एक एक गोल गरे ।

जितसँगै लिभरपुल १९ खेलबाट ४२ अंक बटुल्दै तालिकाका शीर्ष स्थानमा उक्लियो । एक खेल कम खेलेको आर्सनल ४० अंकसहित दोस्रो स्थानमा रहेको छ ।

मंगलबार राति भएको अर्को खेलमा म्यान्चेस्टर युनाइटेडले एस्टन भिल्लालाई ३–२ ले हरायो ।

गएराति भएका अन्य खेलहरुमा नटिङ्घम फरेष्टले न्युकासल युनाइटेडलाई ३–१ ले हराउँदा बर्नमाउथले फुल्हमलाई ३–० ले तथा लुटन टाउनले शेफिल्ड युनाइटेडलाई ३–२ गोलले हरायो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077