Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अमेरिका पठाइदिन्छु भन्दै २६ लाख ठगी, एक जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अमेरिका पठाइदिन्छु ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका वडा-३ बस्ने ५९ वर्षीय भैरवबहादुर ठकुरी रहेका छन् ।

ठकुरीले वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु भन्दै २६ लाख रूपैयाँ ठगेका थिए । ठकुरीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार पक्राउ गरेको हो।

उनीविरूद्ध कृतेश खरेलसहित २ जनाले वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु भन्दै पैसा लिइसकेपछि सम्पर्क विहिन भएको भन्दै वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए ।

सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077