Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

काठमाडौँमा जुवाको खालबाट १० जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौँबाट जुवा खेलिरहेको आरोपमा १० जनालाई पक्राउ गरेको छ।

काठमाडौँ महानगरपालिका–१३ तहाचलबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

काठमाडौँ महाराजगञ्ज बस्ने ३३ वर्षीय निर्मल पण्डितको भवनमा रहेको हिमालयन हाइट होटलमा जुवातास खेलिरहेको अवस्थामा पण्डितसमेत १० जनालाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरी वृत्त कालीमाटीबाट गएको प्रहरीले उनीहरुको साथबाट ५५ हजार तीन सय नेपाली रुपैयाँ, आठ हजार भारतीय रुपैयाँ र एक बुक तास बरामद गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077