Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतमा टिपरसँग बस ठोक्किँदा १३ यात्रुको मृत्यु

एजेन्सी । भारतको मध्य प्रदेशमा टिपरसँग ठोक्किँदा बसका १३ यात्रुको मृत्यु भएको छ । गुना जिल्लामा भएको घटनामा अन्य १४ यात्रु घाइते भएका छन् ।

गएराति तीव्र गतिमा गुडिरहेको बस टिपरसँग ठोक्किएपछि सडकमा बजारिएको थियो ।

त्यसपछि बसमा आगलागी हुँदा अधिकांशको जलेर मृत्यु भएको हो। घाइतेहरूको शरीरका अधिकांश भाग जलेको बताइएको छ।

बस पल्टिनासाथ आगलागी भएपछि उद्धारमा समस्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077