Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कुलमान घिसिङले भने - उद्योगहरुले बक्यौता नतिरे क्रमशः लाइन काट्दै जान्छौं

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगहरुले बक्यौता नतिरे क्रमशः लाइन काट्दै जाने बताएका छन् ।

पत्रकार सम्मेलन आयोजना गर्दै निर्देशक घिसिङले हाल ६१ वटा उद्योगको बौक्याता बाँकी रहेको र सबैको क्रमिक रूपमा विद्युत काट्ने बताएका हुन्।

वर्षौदेखि उद्योगीहरूले डेडिकेटेड र ट्रंकलाइनको रकम नतिरेकोमा आफू मौन बस्ने अवस्था नरहेको बताए ।

निर्देशक घिसिङले भने, '६१ वटा उद्याेगको यस्तो बक्यौता बाँकी छ हामी क्रमिक रूपमा अन्यको पनि लाइन काट्दै जाने हो। यो मैले रोकेर रोकिने विषय नै छैन। प्राधिकरणको कारण उद्योगलाई समस्या भएको होइन। जहाबाट समस्या हो। त्यहीबाट गर भनेको छ। बक्यौता तिर्न आए स्टलमेन्ट दिन्छौं। तालिका बनाएर कति समयमा तिर्न सकिन्छ। यो पहिलो विकल्प हो।'

पटक–पटकको ताकेतामा पनि छुट महसुल तिर्न नआएपछि प्राधिकरणले २०७६ चैत्र ५ गते विराटनगरबाट केही उद्योगहरूको विद्युत् लाइन विच्छेद गर्न सुरु गरिएको बताए।

घिसिङले दोस्रो विकल्पको रूपमा भनेको पुनरावलोकनमा आउनुपर्ने बताएका छन्। बक्यौताको २५ प्रतिशत रकम जम्मा गरेर आउनेको समाधान हुने उनले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077