Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एम्बुलेन्समा गाँजा तस्करी, २६६ किलो गाँजा र एम्बुलेन्स नियन्त्रणमा

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिकाको चतरामा एम्बुलेन्समा गाँजा तस्करी हुने गरेको खुलेको छ ।

धनकुटाबाट सप्तकोसी नदी हुँदै तस्करी गरी चतरा ल्याएर एम्बुलेन्समा लोड गर्दै गरेको अवस्थामा सुनसरी प्रहरीले एम्बुलेन्ससहित गाँजा बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार चतराको सप्तकोसी किनारमा मे १ च ५१९ नम्बरको एम्बुलेन्समा गाँजा लोड गर्दै गरेको अवस्थामा एम्बुलेन्स र २६६ केजी ४०० ग्राम गाँजा बरामद गरिएको हो ।

प्रहरीले गाँजा र एम्बुलेन्स बरामद गरे पनि तस्करीमा संलग्न व्यक्ति र एम्बुलेन्स चालक फरार भएका छन् ।

चालक र गाँजा तस्करी गर्ने व्यक्तिको पहिचान भएकाले उनीहरूलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको सुनसरी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077