Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सूर्यदर्शन सहकारीका उपाध्यक्ष दर्लामी काठमाडौंबाट पक्राउ

पोखरा । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी पक्राउ परेका छन् ।

पक्राउ पुर्जी जारी भएपछि फरार रहेका दर्लामी लुकिछिपी बसेको अवस्थामा काठमाडौँबाट पक्राउ परेका हुन् ।

बिहीवार दिउँसो पक्राउ परेका उनलाई कास्की ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

उनीसहित अध्यक्ष गितेन्द्रबाबु राई र थप १९ जनाविरुद्ध कास्की प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । पोखरा ल्याएपछि थप अनुसन्धान गरिने कास्की प्रहरीले जनाएको छ ।

यस सहकारीले बचतकर्ताको १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार रुपैयाँ अपचलन गरेको अभियोग छ । सहकारीले पोखरामा मात्रै पनि १ अर्ब ११ करोडभन्दा बढी अपचलन गरेको पोखरा महानगरको सहकारी शाखाले जनाएको छ।

सूर्यदर्शन सहकारी घोटालाको अभियोगमा कोषाध्यक्ष कुमार रम्तेलसहितका केही व्यक्ति पक्राउ परिसकेका छन् भने अध्यक्ष जीबी राईसहित सञ्चालकहरू फरार छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077