Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

वीर अस्पतालको बेहाल

काठमाडौं । वीर अस्पताल (राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान) चरम आर्थिक संकटमा छ। चालु आर्थिक वर्ष २०८०/८१ को सुरुदेखि नै यो अस्पताल आर्थिक संकटमा फसेको हो ।

आर्थिक अभावकै कारण अस्पतालका सेवा प्रभावित भएका छन्। एकातिर क्षमता विस्तार गर्नुपर्ने र अर्कातिर बजेट कम हुनाले मुलुककै जेठो अस्पताल वीर बेहाल अवस्थामा पुगेको हो।

शय्या संख्या र सेवा विस्तार भए पनि सोही अनुपातमा बजेट विनियोजन हुनु त कता हो कता पहिलाको तुलनामा बजेट घट्दै गएपछि वीर अस्पताल आर्थिक संकटमा परेको लेखा शाखा प्रमुख थमनारायण शर्माले बताए। उनका अनुसार बजेट कम भएपछि बिरामीको खाद्यान्न, उपकरण मर्मत, सफाइ कर्मचारी र अक्सिजनको खर्च धान्न अस्पताललाई मुस्किल परेको छ।

अस्पतालमा रिएजेन्ट, अपे्रसन थिएटर, प्रयोगशाला, एक्सरेलगायत विभागका लागि आवश्यक उपकरण तथा उपचार सामग्री किन्न नसक्ने अवस्था निम्तिएको उनले बताए।

लेखा प्रमुख शर्माका अनुसार वीरले दोब्बर क्षमता विस्तार गरिसकेको अवस्थामा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साबिकको भन्दा अझै कम बजेट दिएकाले जटिल परिस्थिति सिर्जना भएको हो। ४६० शड्ढया हुँदा जति बजेट आउँथ्यो ९६० शड्ढया पुगिसक्दा पनि पहिलाको भन्दा झनै कम बजेट विनियोजन गरिएको उनको भनाइ छ।

त्यसमाथि भिआइपी र भिभिआइपी उपचार कक्ष विस्तार भएपछि स्वाभाविक रूपमा खर्च बढेको शर्माले बताए। ७०० शड्ढया निःशुल्क गरेपछि त झनै आर्थिक भार बढेको उनले जानकारी दिए। वीरमा दैनिक २५ सयदेखि ३ हजार बिरामी सेवा लिन पुग्छन्। आर्थिक वर्ष २०७८/७९ मा वीर अस्पतालका लागि २ अर्ब बजेट निकासा भएको थियो। नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077