Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • हङकङबाट स्वदेश फर्किए राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन

    हङकङबाट स्वदेश फर्किए राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन

    अनलाइन नेपाल
  • शुक्रबार, १३ पुष २०८०
  • 450
    SHARES

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन आज बिहान स्वदेश फर्किएका छन् । साताव्यापी हङकङ भ्रमण पूरा गरी उनी स्वदेश फर्किएका हुन् ।

    पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज हङकङको निमन्त्रणामा समाजको अधिवेशनलाई सम्बोधन गर्न लिङदेन पुस ७ गते हङकङ प्रस्थान गरेका थिए ।



    भ्रमणको क्रममा उनले हङकङ र मकाउमा रहेका नेपाली समुदायसँग भेटघाट, छलफल र अन्तरक्रिया गरेका थिए ।



    साथै लिङ्देनले नेपाली महावाणिज्यदूत र महावाणिज्यदूत कार्यालयका अधिकारीसँग भेट गरी नेपालीले भोग्नुपरेको समस्या लगायत विविध विषयमा छलफल गरेका थिए ।

    अध्यक्ष लिङ्देनको भ्रमण दलमा पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, पानस आइसिसिका अध्यक्ष प्रेमकुमार श्रेष्ठ र केन्द्रीय सदस्य हिक्मतजंग कार्की पनि सहभागि थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार