Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले हान्‍यो अश्रुग्यास

काठमाडौं । रोजगारी अनुमति प्रणाली इपीएस परीक्षाको विषयलाई लिएर भएको प्रदर्शनले ललितपुरको बालकुमारी क्षेत्र तनावग्रस्त बनेको छ ।

प्रदर्शनमा उत्रिएका युवाले सडक अबरुद्ध पार्दै सवारीसाधनमा आगजानी समेत गरेका छन् । प्रदर्शन नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

उनीहरूले बालकुमारीसहित सो क्षेत्रको सडक अवरुद्ध पार्दै ढुंगामुढा प्रहार गर्दै आएका छन् । उनीहरूले ललितपुरको बालकुमारीमा भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमाथि आगजनी गरिएका थिए ।

[insert page='265530' display='yopanipadhnuhos.php']

ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर उनीहरुले सुरुमा हावा खुस्काएका थिए ।

पानी जहाज बनाउने कम्पनीका लागि परीक्षा फर्म भरेका युवाले अन्य क्षेत्रका लागि परीक्षा दिन नमिल्ने इपिएस कार्यालयले जनाएको थियो ।

पानी जहाजमा परीक्षा दिएका तर अनुत्तिर्णले फर्म भर्न नपाउने निर्णयविरुद्ध युवाहरु अदालत गएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077