Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

यातायातमन्त्री ज्वालाको गाडीमाथि आगजनी गर्ने पाँच जना पक्राउ

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले प्रयोग गरेको गाडीमा आगजनी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

रोजगार अनुमति प्रणाली (इपीएस) आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले शुक्रबार दिउँसो उक्त गाडीमा आगजनी गरेका थिए ।

आन्दोलित युवाहरुको समूहले गाडीमा आगजनी गरेपछि संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूको नाम प्रहरीले खुलाएको छैन। ग्वार्कोस्थित इपीएस कार्यालयमा युवाहरु बिहानदेखि भेला भएर आन्दोलन गरिरहेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077