Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

बालकुमारीमा प्रहरीको गोली लागेका एक प्रदर्शनकारीको मृत्यु

काठमाडौं । बालकुमारीमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर एक आन्दोलनकारीको मृत्यु भएको छ।

प्रहरीको गोली लागेर घाइते भएका २३ वर्षीय सुजन राउतको उपचारका क्रममा किष्ट अस्पतालमा मृत्यु भएको हो।

घाइते भएर ल्याइएका शाहको उपचारका क्रममा मृत्यु भएको किष्ट अस्पतालले पुष्टि गरेको छ।

कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन दिन नपाएपछि युवाले गरेको प्रदर्शनले उग्ररुप लिएपछि प्रहरीले गोली चलाएको थियो ।

भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर उनीहरुले सुरुमा हावा खुस्काएका थिए । लगत्तै उनीहरुले गाडीमा आगजनी समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077