Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

यातायातमन्त्री ज्वालाको गाडीमा आगजनी गर्ने ५४ जना प्रहरी नियन्त्रणमा

काठमाडौं । ललितपुरमा मन्त्रीको गाडी आगजनी गरेको घटनामा प्रहरीले ५४ जनालाई नियन्त्रणमा लिएको छ।

ललितपुरको ग्वार्को बालकुमारी सडक खण्डमा भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेपछि प्रहरीले ५४ जनालाई नियन्त्रणमा लिएको हो ।

इपीएसका परीक्षार्थीहरूले मन्त्री ज्वाला चढ्ने बा २ झ ५८६१ नम्बरको सरकारी गाडीमा आगजनी गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो। बल प्रयोग गर्दा घाइते भएका एक जनाको इमाडोलस्थित किष्ट अस्पतालमा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा २३ वर्षीय सुजन राउत छन्। राउत बालकुमारी क्षेत्रको सडकमै लडिरहेको अवस्थामा फेला परेपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो। राउत जुम्लाका हुन्।

उनी भक्तपुर क्षेत्रमा बस्दै आएका थिए। अर्को एक जना पनि घाइते भएका छन्। उनको उपचारको लागि पाटन अस्पतालमा लगिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ। प्रहरीले अझै पनि घटनामा संलग्नको खोजी गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077