Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

प्रहरीको गोली लागेर घाइते भएका अर्का युवाको पनि मृत्यु

काठमाडौं । ललितपुरमा भएको प्रदर्शनमा घाइते भएका अर्का एक युवकको पनि मृत्यु भएको छ ।

घटनापछि गम्भीर घाइते भएर उपचारका लागि अस्पताल पुर्‍याइएका वीरेन्द्र शाहको पनि मृत्यु भएको हो ।

यसअघि किस्ट अस्पतालमा उपचाररत २३ वर्षीय सुजन राउतको मृत्यु भएको थियो ।

राउत बालकुमारी क्षेत्रको सडकमै लडिरहेको अवस्थामा फेला परेपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो।

अस्पताल पुर्‍याएपछि उनलाई ४५ मिनेट जति सिपिआर दिइएको थियो।

कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षामा फारम नै भर्न नपाएको भन्दै युवाहरुले शुक्रबार बिहान प्रदर्शन गरेका थिए ।

प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रुग्याँस हानेको थियो । स्थिति साम्य हुने स्थिति नदेखिएको भन्दै हवाई फायर समेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077