Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प खोज्नुपर्छ : पर्यटनमन्त्री किराती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प खोज्नुपर्ने बताएका छन्।

राष्ट्रियसभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा बोल्दै पर्यटनमन्त्री किरातीले यस्तो बताएका हुन् ।

पर्यटनमन्त्री किरातीले आगामी १० वर्षभित्रमा यो विमानस्थलमा थप असहजता निम्तिने बताए । विमानस्थललाई बनाउँदा पनि अब समयको मागअनुरुप परिणाम दिन नसक्ने पर्यटनमन्त्री किरातीको भनाइ छ।

उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प निजगढ विमानस्थल भएको उल्लेख गरे ।

पर्यटनमन्त्री किरातीले अब पनि त्रिभुवन विमानस्थललाई मर्मत गरेर सञ्चालन गर्छु भन्नु ९० वर्षको आमालाई लिपिस्टिक पाउडर लगाइदिएर राम्री बनाउँछु भन्नु जस्तै भएको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077