Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नेपाल वायु सेवा निगमसँग ग्राउन्ड ह्याण्डलिङ कसैले खोस्न सक्दैन् : पर्यटनमन्त्री किराती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री सुदन किरातीले नागरिक उड्ययन प्राधिकरणले चाहँदैमा ग्राउन्ड ह्याण्डलिङको सुविधा नेपाल वायु सेवा निगमसँग खोस्न नसक्ने बताएका छन् ।

राष्ट्रिय ध्वजावाहक वायु सेवा निगमले शुरुदेखि नै त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको भूमि व्यवस्था (ग्राउन्ड ह्याण्डलिङ)को सुविधा उपभोग गर्दै आएकोमा अहिले अकस्मात रोक्न नसकिने पर्यटनमन्त्री किरातीले बताएका हुन्।

पर्यटनमन्त्री किरातीले भने,‘ग्राउन्ड ह्याण्डलिङको विषय नागरिक उड्ययन प्राधिकरणको मात्र होइन । वायु सेवा निगमको पनि होइन । यो मुद्दा मन्त्रालयले मात्र गरेर पनि हुँदैन । यसका लागि राष्ट्रिय सहमति चाहिन्छ ।’

ग्राउन्ड ह्याण्डलिङको मुुद्दामा नेपाल नागरिक उड्यान प्राधिकरण र वायु सेवा निगमबीचको टकराबले नखोसिने पनि उनले स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077