Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल क्रिकेट संघको वार्षिक क्यालेण्डर सार्वजनिक

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आफ्नो वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ।

पत्रकार सम्मेलन गरेर क्यानले नेपालले खेल्ने अन्तर्राष्ट्रिय र राष्ट्रिय प्रतियोगितालाई समावेश गरेर क्यालेण्डर सार्वजनिक गरेको हो।

सार्वजनिक गरेको वार्षिक क्यालेण्डर अनुसार माघको अन्तिम साता नेपालले क्यानडासँग एक दिवसीय क्रिकेट सिरिज खेल्ने छ ।

३ खेलको सिरिज नेपालमै हुने क्यानले जनाएको छ । यस्तै क्यानले नेपाल ए टिम र क्यानडाबीचको सिरिज पनि प्रस्ताव गरेको छ।

यो सिरिज माघदेखि फागुनको बीचमा हुने छ ।

क्यानडासँगको एक दिवसीय क्रिकेट लगत्तै नामिबिया र नेदरल्याण्ड सम्मिलित त्रिदेशीय टी-२० शृंखला नेपालले नै आयोजना गर्ने छ ।

त्यस्तै क्यानले मंसिरमा नेपाल प्रिमियर लिग एनपीएल क्रिकेट आयोजना गर्ने भन्दै त्यसलाई पनि क्यालेण्डरमा समावेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077