Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

‘स्टन्टमन्त्री’ किरातीविरुद्ध प्रहरीमा जाहेरी

काठमाडौं । ‘स्टन्टमन्त्री’को उपमा पाएका संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीविरुद्ध प्रहरीमा जाहेरी परेको छ ।

धार्मिक भावनामा आँच पुर्‍याएको भन्दै काठमाडौंका ध्रुवराज लुइँटेलले किराँतीविरुद्ध जिल्ला प्रहरी परिसर टेकुमा जाहेरी दिएका हुन् ।

पुसको पहिलो साता पर्यटनमन्त्री किरातीले एक सार्वजनिक कार्यक्रममा क्रिश्चियन धर्मलाई स्वीकार नगर्ने सबै देशद्रोही भएको आरोप लगाउँदै क्रिश्चियन धर्म नस्वीकार्नेहरुलाई जेलमा राख्नुपर्ने अभिव्यक्ति दिएको थिए ।

कार्यक्रममा क्रिश्चियन धर्मको प्रचारकजस्तो बनी अन्य वैदिक सनातन धर्मप्रति हेय तथा भेदभाव पुर्‍याएको जाहेरीमा दाबी गरिएको छ।

लुइँटेलले उनलाई पक्राउ गरी मुलुक अपराध संहिताअनुसार ३ वर्ष कैद र २० हजार रूपैयाँ जरिवाना गराउनसमेत माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077