Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • राष्ट्रियसभा निर्वाचन : आज मतदाता नामावली प्रकाशन हुँदै

    राष्ट्रियसभा निर्वाचन : आज मतदाता नामावली प्रकाशन हुँदै

    अनलाइन नेपाल
  • शुक्रबार, २० पुष २०८०
  • 411
    SHARES

    काठमाडौंं । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज मतदाता नामावली प्रकाशन गरिनेछ । निर्वाचन आयोगका अनुसार निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन गरिन लागिएको हो ।

    प्रकाशित मतदाता नामावलीउपर दाबी विरोधलगायत कार्य आजैदेखि सुरु हुनेछ । पुस २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ ।



    पुस २३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उमेदवारको मनोनयन दर्ता गरिनेछ । पुस २७ गते उमेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।



    पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन कार्यतालिका छ ।

    माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान गरिनेछ । मतदान सकिएपछि सोही दिनै मतगणना गरिने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद आर्यालले जानकारी दिएका छन् ।

    माघ ११ गते राष्ट्रियसभामा रिक्त १९ पदका लागि निर्वाचन हुँदै छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार